ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

काेराेनाविरुद्ध रुसलाई अर्काे सफलता, दाेस्राे खाेप पनि बनायाे

नेपालगाथा २०७७ भाद्र ९ गते मंगलबार १२:३१:३२ मा प्रकाशित

रुसले छिट्टै अर्को खोप ल्याउने भएको छ। रुसले पहिला बनाएको खोपले मानिसहरुमा 'साइड इफेक्ट' देखिएको बताइरहँदा यो खोपले भने त्यस्तो समस्या नआउने रुसले दाबी गरेको छ। भ्याक्सिनमा प्रयोग गरिएका औषधिहरू रुसको शीर्ष गोप्य प्लान्टबाट निकालिएको बताएको छ। ड्रग्स साइबेरियाको सोभियत जैविक हतियार अनुसन्धान प्लान्टबाट निकालिएको औषधिको मात्रा भएको रुसले बताएको छ।  हालै निकालिएको यो खोपको नाम EpiVacCorona राखिएको छ। यसको परीक्षण सेप्टेम्बरमा पूरा हुनेछ।

हालसालै रुसले विश्वको पहिलो कोविड–१९ खोप ‘स्पुतनिक–वी लन्च गरेको थियो। यो रूसी रक्षा मन्त्रालय र गामालेया रिसर्च सेन्टर मिलेर तयार पारेका हुन्।  साइड इफेक्ट नहुने दाबी रसियाको दोस्रो कोरोनाविरुद्ध मानिएको यो खोपको पहिलो परीक्षण ५७ भोलिन्टियरमा अर्थात् स्वयम्सेवाकर्ताहरुमा गरिएको छ। वैज्ञानिकहरूले दाबी गरेअनुसार स्वयंसेवकलाई २३ दिनका लागि अस्पताल भर्ना गरिएको थियो। ट्रायलको दौरान उनीहरुको जाँच भइरहेको बताइएको छ। साथै हालसम्म गरिएको परीक्षणहरूमा कुनै पनि साइड इफेक्ट नदेखिएको दाबी गरिएको छ।  

अक्टोबरमा दर्ता, नोभेम्बरमा उत्पादन 

भ्याक्सिनको लक्ष्य प्रतिरक्षा प्रतिक्रियाहरू हेर्नु रहेको वैज्ञानिकहरुले बताएका छन्। यसका लागि १४–२१ दिनमा  स्वयंसेवकहरूलाई डोज दिइएको छ। यो खोप अक्टोबरसम्म दर्ता गरेर नोभेम्बरबाट उत्पादन गर्ने तयारीमा रुस लागिपरेको छ।  यो खोप भाइरस र बायोटेक्नोलोजीको भेक्टर राज्य अनुसन्धान केन्द्रको सहकार्यमा डिजाइन गरिएको हो। यो विश्वका दुई प्रमुख संस्थाहरू मध्ये एक हो, जसमा चिकनप्याक्स भ्याक्सिनहरूको सब भन्दा ठूलो भण्डार छ। दोस्रो संस्था अमेरिकामा छ।

कोरोनाका १३ वटा भ्याक्सिनमा काम 

सोभियत जैविक हतियार अनुसन्धान प्लान्ट र भेक्टर्स रिसर्च सेन्टरले कोरोना भाइरसको १३ वटा खोपहरूमा संयुक्त रुपमा काम गरिसके बताइएको छ।  तिनीहरूको परीक्षण जनावरहरूमा गरिएको थियो। बिफर खोप औद्योगिक भेक्टर रिसर्च सेन्टरको सहयोगमा औद्योगिक रूपमा विकसित गरिएको थियो। पछिल्ला केही वर्षहरूमा, रुसले यस संस्थाको साथमा बुबोनिक प्लेग, इबोला, हेपेटाइटिस बी, एचआईभी, सार्स र क्यान्सरको एन्टिडोजहरू उत्पादन गरिरहेको छ। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top