ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

ट्रम्पकी दिदीले भनिन्, 'मेरो भाई फटाहा र धोकेबाज छ'

नेपालगाथा २०७७ भाद्र ८ गते सोमबार ११:०६:०९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकी दिदी म्यारियन ट्रम्प बेरीले फटाहा र धोकेबाज रहेको बताएकी छिन्। म्यारियन पूर्व संघीय न्यायाधीश पनि हुन्।  गोप्य रुपमा रेकर्ड गरिएको संवादमा म्यारियनले ट्रम्प कुनै सिद्धान्त नै नभएको मानिस रहेको भनेकी छिन्। यो सम्वाद म्यारियनकी भतिजी म्यारी ट्रम्पले रेकर्ड गरेकी खुलेको छ।  'ट्रम्पका बकवास ट्वीटहरु...उसलाई ईश्वरले नै झुठबाट जोगाउन सक्लान्, उ धोकेबाज र क्रुर छ,' सो अडियोमा म्यारियनले यस्तो भनेकी छिन्‌। 

आफ्नै दिदीले धोकेबाज र फटाहा भनेपछि ट्रम्पले यसबारे प्रतिक्रिया दिएका छन्। राष्ट्रपति कार्यालय ह्वाइटहाउसबाट जारी गरिएको वयानमा उनले हरेक दिन केही अलग भइरहने र यी घटनाको परवाह गरिरहन नसकिने उल्लेख गरेका छन्।  बीबीसीका अनुसार ट्रम्पविरुद्ध उनकी दिदीले गरेको कटाक्ष सबैभन्दा पहिलो वासिङ्टन पोष्टले सार्वजनिक गरेको थियो। सो गोप्य रेकर्डिङमा म्यारियनले ट्रम्प प्रशासनको आप्रवासन नीतिमाथि निन्दा गरेकी सुनिन्छ।

ट्रम्प प्रशासनले अवैध रुपमा अमेरिकी छिरेका आप्रवासीहरुको बच्चालाई हिरासतमा राख्नेगरी यस्तो नीति बनाएको छ।  सो अडियो रेकर्ड गरेकी मेरी ट्रम्पले 'टु मच एण्ड नेभर इनफ : हाउ माई फ्यामिली क्रियटेड द वर्ल्डस्‌ डेन्जर म्यान' नामक आफ्नो जीवनी पुस्तकमा डोनाल्ड ट्रम्पले आफ्ना साथीलाई पैसा दिएर एसएटी परीक्षा दिन लगाएको खुलासा गरेकी थिइन्। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top