ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

ट्रम्पविरुद्ध कानुनी उपचार खोज्दै टिकटक

नेपालगाथा २०७७ भाद्र ७ गते आइतबार १३:४४:३६ मा प्रकाशित

काठमाडौं । लोकप्रिय भिडियो सेयरिङ एप टिकटकले ट्रम्प प्रशासनको कार्यकारी आदेश विरुद्ध अदालतमा कानूनी चुनौती दिने बताएको छ । राष्ट्रिय सुरक्षामा जोखिम ल्याएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाएका छन् ।

गत अगस्ट ६ मा राष्ट्रपति ट्रम्पले ४५ दिनभित्र टिकटकको बिजनेश ध्वस्त पार्न वा अमेरिकी कम्पनीलाई बिजनेश सुम्पिन यसको प्यारेन्ट कम्पनी बाइटडान्सलाई आदेश जारी गरेका थिए । अगस्ट १५ मा यो सीमा थपेर ट्रम्पले ९० दिन पुर्‍याएका थिए ।

टिकटकले ट्रम्प प्रशासनको अगस्ट ६ को आदेशविरुद्ध कानूनी चुनौती दिने बताउँदै आफूले कुनै प्रयोगकर्ताको सूचना दूरुपयोग नगरेको र अमेरिकाको राष्ट्रिय सुरक्षामाथि आफ्नोतर्फबाट कुनै खतरा पैदा नभएको बताएकाे छ । यद्यपि टिकटकले ट्रम्प प्रशासन विरुद्द कहाँको अदालत जाने भनेर स्पस्ट जानकारी दिएको छैन । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top