ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

महात्मा गान्धीको चस्मा २ करोड ५५ लाख भारुमा बिक्री

नेपालगाथा २०७७ भाद्र ६ गते शनिबार ०८:३९:५५ मा प्रकाशित

भारतीय स्वतन्त्रता संग्रामका नेता महात्मा गान्धीको चस्मा २ करोड ५५ लाख भारुमा बिक्री भएको छ।  अमेरिकी कम्पनी ब्रिस्टलले गरेको गान्धीको चस्मा यति महंगो रकममा लिलाम गरेको हो। बीबीसी हिन्दीका अनुसार सो चस्मा अमेरिकाको एक संग्रहकर्ताले खरिद गरेका छन्।  लिलामी एजेन्सी ब्रिस्टलका अनुसार गान्धीको चस्मा ३ अगस्टमा एक व्यक्तिले खाममा हालेर कम्पनीलाई दिएका थिए।

त्यतिखेर कम्पनीका एन्ड्य्रु स्टोले सो चस्मा कम्तिमा १४ लाख रुपैयाँमा बिक्री हुने बताएका थिए।  चस्मा लिलामीमा दिएका व्यक्तिले प्राप्त रकम आफु र आफ्नी छोरीबीच बाँड्ने बताएका छन्। आफू सन् १९१० देखि १०३० सम्म दक्षिण अफ्रिकामा हुँदा  आफ्ना काकाले गान्धीको चस्मा दिएको उनले दावी गरेका छन्। गान्धी आफ्नो युवा उमेरमा कानुनी पेशा गर्न अफ्रिका पुगेका थिए। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top