ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

मालीमा सैनिक विद्रोह, राष्ट्रपति र प्रधानमन्त्री हिरासतमा

नेपालगाथा २०७७ भाद्र ३ गते बुधबार १२:२२:२२ मा प्रकाशित

अफ्रिकी मुलुक मालीमा सैनिक विद्रोह भएको छ। राष्ट्रपति इब्राहिम बुबाकार केटालाई विद्रोही सैनिकहरुले गिरफ्तार गरी हिरासतमा राखिदिएका छन्।  माली सरकारका प्रवक्ताले देशमा सैनिक विद्रोह भएको पुष्टि गरेका हुन्। सेनाले राष्ट्रपतिसँगै प्रधामन्त्री बोबू सिसेलाई पनि हिरासतमा राखेका छन्।  राजधानी बामाको नजिक एक ठूलो सैनिक क्याम्पमा मंगलबार बिहान गोलीको आवाज सुनिएको थियो।

सो आवाजसँगै सैनिक विद्रोह भएको हो।  एक सैनिक क्याम्पमा असन्तुष्ट सैनिक कनिष्ठ अधिकृतहरूले कमाण्डरलाई हिरासतमा लिएका थिए। त्यसपश्चात विद्रोही सैनिकहरुले क्याम्पमाथि नै कब्जा जमाएका थिए।  मालीमा यस अघिदेखि नै राजनीति अस्थिरता रही आएको छ। राष्ट्रपतिको राजीनामा माग गर्दै त्यहाँ लामो समयदेखि विरोध प्रदर्शन भइरहेको थियो । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top