ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

विस्फोटबाट थलिएको लेबनानमा कोरोना फैलियो

नेपालगाथा २०७७ भाद्र २ गते मंगलबार १५:२४:५८ मा प्रकाशित

दुई साताअघि भयानक विस्फोटका कारण थलिएको लेबनानमा एकैदिन ४३९ जना कोरोना संक्रमित थपिएका छन्। ६ जनाको मृत्यु भएको छ। बेरुतस्थित बन्दरगाहमा वर्षौंदेखि भण्डारण गरेर राखिएको एक दुई हजार ७५० टन एमोनियम नाइट्रेड अगष्ट ४ तारिखमा विस्फोट भएको थियो।

विस्फोटमा परी २२० जनाले ज्यान गुमाएका थिए भने ६ हजार मानिस घाइते छन्। त्यहाँका कार्यवाहक स्वास्थ्यमन्त्री हमद हसनले राजधानी बेरुतमा दुई साताका लागि लकडाउन घोषणा गरेका छन्। विस्फोटपछि बेरुतमा सरकारविरोधी प्रदर्शन भएको थियो। सो प्रदर्शनमा हजारौं मानिस सहभागी भएको र सोही कारण संक्रमण बढेको अनुमान गरिएको छ।

प्रधानमन्त्रीसहित मन्त्रीपरिषद्का सबै सदस्यले राजीनामा दिएका छन्। बेरुत विस्फोटका कारण लेबनानलाई तीन अर्ब डलर बराबरको आर्थिक नोक्सानी भएको छ। यसको प्रभाव लामो समयसम्म चलिरहने र देशको अर्थव्यवस्थामा कम्तिमा १५ अर्ब डलर क्षति पुग्ने अनुमान गरिएको छ। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top