ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

चीनले दियो पहिलो कोरोना भ्याक्सिनलाई पेटेन्ट अनुमति

नेपालगाथा २०७७ भाद्र १ गते सोमबार १५:४८:०२ मा प्रकाशित

चिनियाँ कम्पनी क्यानसाइनो बायोलोजिक्स कर्पोरेसनले  एडी फाइभ-एनसीओभी नामको कोरोनाविरुद्धको भ्याक्सिनका लागि पेटेन्ट अनुमति प्राप्त गरेको छ। सरकारी अखबार ग्लोबल टाइम्सले जनाएअनुसार चीनको बौद्धिक सम्पदा नियामक संस्थाले भ्याक्सिनको पेटेन्टलाई मञ्जुरी दिएको हो। चीनमा कोभिड–१९ को भ्याक्सिनलाई पहिलोपटक यस्तो अनुमति प्रदान गरिएको हो।

उक्त भ्याक्सिन कोरोना भाइरसविरुद्ध प्रतिरोधी क्षमता बढाउन प्रयोग गरिनेछ। दुई चरणमा भ्याक्सिनको परीक्षण भइसकेको छ। साउदी अरबमा तेस्रो परीक्षण गरिँदैछ। चीनले परीक्षणका लागि रुस ब्राजिल र चिलीसँग छलफल भइरहेको जनाएको छ।

यसबारे अष्ट्रेलियास्थित वाल्टर एण्ड एलिजा हल इन्स्टिच्युट अफ मेडिकल रिसर्चका प्राध्यापक मार्क पेलेग्रिनीले भनेका छन् ‘पेटेन्ट अनुमतिको अर्थ कसैले उक्त भ्याक्सिनको नक्कल गर्न पाउने छैन भन्ने हो। क्लिनिकल ट्रायलका लागि पेटेन्ट हुनु अनिवार्य भने छैन।’ समाचार बाहिरिएसँगै भ्याक्सिन निर्माता कम्पनीको शेयर मूल्य आकासिएको छ। सोमबार बिहान क्यानसाइन कम्पनीको शेयर मूल्यमा हङकङमा १६ प्रतिशत र सांघाईमा ६.६ प्रतिशतको वृद्धि देखिएको छ। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top