होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । भारतमा एकै दिन ६७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६७ हजार ६६ जनामा संक्रमण पुष्टि भएसँगै भारतमा कुल संक्रमितको संख्या २३ लाख ९५ हजार पुगेको छ। अमेरिकामा ५३ हजार संक्रमित थपिँदा कूल संक्रमितको संख्या ५३ लाख ५९ हजार पुगेको छ भने ब्रजिलमा ५८ हजार संक्रमित थप हुँदा कुल संक्रमितको संख्या ३१ लाख ७० हजार पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा रसियामा ५ हजार, दक्षिण अफ्रिकामा २८ सय, मेक्सिकोमा ६ हजार ६ सय, कोलम्बियामा १२ हजार तथा स्पेनमा ३ हजार संक्रमित थपिएका छन्। योसहित विश्वभर कुल संक्रमितको संख्या २ करोड ७ लाख ८५ हजार पुगेको छ। यसैबीच विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७ लाख ५१ हजार पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ६ हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ।