ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कोरोना भाइरसविरुद्धको खोप तयार भएको रुसी राष्ट्रपति पुटिनको दाबी

नेपालगाथा २०७७ श्रावण २७ गते मंगलबार २१:३५:४९ मा प्रकाशित

काठमाडौँ । रुसले कोरोना भाइरस विरुद्धको विश्वकै पहिलो खोप तयार पारेको दाबी गरेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मङ्गलवार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका हुन् । रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो ।

पुटिनले कोरोना विरुद्धको खोपबारे मंगलबार मस्कोमा सरकारका मन्त्रीहरूलाई जानकारी दिएका थिए । बिबिसीका अनुसार पुटिनले यो भ्याक्सिन उनकै छोरीमा समेत प्रयोग गरिएको जानकारी दिएको छ । पुटिनले खोपको सफल परीक्षण भइसकेको र कोरोना विरुद्ध लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता पनि विकास गरेको दाबी गरेका छन् ।

उक्त खोप एडिनोभाइरससँग आधार भएर तयार गरिएको र खोपमा कोभिड–१९ का मृत तत्त्व रहेको र यिनीहरू वृद्धि हुन नसक्ने गामालिया रिसर्च सेन्टरका प्रमुख एलेक्जेन्टर गिन्चबर्गले बताएका छन् । तर, विज्ञहरूले भने यो भ्याक्सिनबारे प्रश्न पनि उठाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top