ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भ्रष्टाचारमा मुछिएपछि स्पेनका पूर्वराजा कार्लोस देश छाडी युएईमा

नेपालगाथा २०७७ श्रावण २५ गते आइतबार १२:४९:०६ मा प्रकाशित

भ्रष्टाचार आरोपमा अनुसन्धान भइरहेका बेला देश छाडेका स्पेनका पूर्वराजा ह्वाँ कार्लोस युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका छन्।  कार्लोसले गत सोमबार देश छाड्ने घोषणा गरेका थिए। उनले अबुधाबीको पाँचतारे होटल इमिरेट्स प्यालेसको एउटा तल्ला नै बुक गरेको जनाइएको छ।  तर स्पेनको दरबारले कार्लोस कहाँ छन् भन्नेबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। 

गत जुन महिनामा स्पेनको सर्वोच्च अदालतले साउदी अरबसँग भएको हाइस्पिड रेलको सम्झौताका विषयमा भएको भ्रष्टाचारको अनुसन्धान सुरु गरेको थियो। कार्लोसले यस प्रकरणमा आफ्नो संलग्नताबारे अस्वीकार गर्दै आएका छन्। तर अनुसन्धानलाई सघाउने बताएका छन्। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top