ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

टिकटकमा प्रतिबन्ध लागाउने आदेशमा ट्रम्पको हस्ताक्षर

नेपालगाथा २०७७ श्रावण २३ गते शुक्रबार ११:३२:१६ मा प्रकाशित

अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक र वी च्याट बन्द गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। टिकटकको कम्पनी बाइटडेन्ससँग कारोबार प्रतिबन्ध गर्ने कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरेको बीबीसीले जनाएको छ।  राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी बाइटडेन्सले टिकटकको स्वामित्व नबेचे ४५ दिनभित्र अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका हुन्। ‘अमेरिकाले हाम्रो राष्ट्रिय सुरक्षाको रक्षा गर्न टिकटकका मालिकविरूद्ध आक्रामक कारबाही गर्नुपर्नेछ,’ आदेशमा उल्लेख छ। विदेशीको स्वामित्वमा रहेको टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने भएको भन्दै नीति निर्माताले चासो व्यक्त गरेकाले ट्रम्पले त्यस्तो निर्णय गरेको बताइएको छ। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top