ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

बेलायतमा मास्क नलगाई हिँडे प्रहरीले बल प्रयोग गर्ने 

नेपालगाथा २०७७ श्रावण ९ गते शुक्रबार १७:५४:४६ मा प्रकाशित

काठमाडौं । बेलायतमा सार्वजनिक स्थानमा मास्क प्रयोग नगर्नेहरुमाथि प्रहरीले बल प्रयोग गर्न पाउने गरी नयाँ स्वास्थ्य निर्देशिका जारी गरेको छ।  यो निर्देशिकाअनुसार अब भिडभाड हुने कुनै पनि क्षेत्रमा मानिसहरु मास्क नलगाई वा कपडाले नाकमुख नछोपी जान पाउने छैनन्।  पसल, बैंक, सार्वजनिक सवारी साधनलगायतमा अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ। मास्क नलागाउने माथि प्रहरीले बल प्रयोग गर्न सक्नेछ।  बेलायतमा हालसम्म २ लाख ८४ हजार जनामा कोरोना संक्रमण भएकोमा साढे ४५ हजार मानिसको मृत्यु भइसकेको छ। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top