ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

२४ घण्टा भित्र विश्वभर २ लाख ७६ हजार कोरोना स‌ंक्रमित फेला

नेपालगाथा २०७७ श्रावण ९ गते शुक्रबार १७:०२:०९ मा प्रकाशित

काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ७३ हजार कोरोना संक्रमित थपिएका छन्।  सबैभन्दा धेरै अमेरिकामा ६८ हजार संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या ४१ लाख ६९ हजार पुगेको छ। ब्राजिलमा ५८ हजार, भारतमा ४८ हजार, दक्षिण अफ्रिकामा १३ हजार, मेक्सिकोमा ६ हजार, रसियामा ५ हजार र पेरुमा ४ हजार ५ सय जना संक्रमित थपिएका छन्।  कोरोनाकै कारण पछिल्लो २४ घण्टामा ६ हजार २ सय ३८ जनाले ज्यान गुमाएका छन्।

ब्राजिलमा १ हजार ३ सय १७, अमेरिकामा १ हजार १ सय १२, भारतमा ७ सय ५५, मेक्सिकोमा ७ सय ९०, पेरुमा १ सय ९९, दक्षिण अफ्रिकामा १ सय ५३ जनाको मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ।  विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ५६ लाख नाघेको छ । जसमध्ये ९५ लाख बढी संक्रमित उपचारपछि निको भएका छन् भने झण्डै ५५ लाख संक्रमित उपचार गराइरहेका छन्।  एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top