होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । ब्राजिलमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ७ सय १८ जनाको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या ८० हजार २ सय ५१ पुगेको हो। २१ हजार ७ सय संक्रमित थपिएसँगै कूल संक्रमित २१ लाख २१ हजार नाघेको छ। अमेरिकामा ५ सय ३ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या १ लाख ४३ हजार ७ सय ९२ पुगेको छ।
अमेरिकामा पछिल्लो २४ घण्टामा ६२ हजार भन्दा धेरै संक्रमित थपिएका छन्। भारतमा हिजो ५ सय ९६ जनाको मृत्यु भएपछि मृतकको संख्या २८ हजार नाघेको छ। ३६ हजार ८ सय नयाँ संक्रमित थपिएसँगै भारतमा कूल संक्रमितको संख्या ११ लाख ५५ हजार पुगेको छ। पछिल्लो २४ घण्टामा दक्षिण अफ्रिकामा १ सय ४०, रसियामा ९६, पेरुमा १ सय ९७, मेक्सिकोमा २ सय ९६ र चिलीमा १ सय ३० जनाको मृत्यु भएको छ।
विश्वभर चार हजार संक्रमितको मृत्यु भएसँगै कूल मृतकको संख्या ६ लाख १२ हजार ७ सय ९५ पुगेको छ । संक्रमितको संख्या १ करोड ४८ लाख ४४ हजार नाघेको छ । जसमध्ये झण्डै ८९ लाख उपचारपछि स्वस्थ भएका छन् । य सैबीच, विश्व स्वास्थ्य संगठनले कोरोना विरुद्धको भ्याक्सिन उत्पादनलाई लिएर सकारात्मक परिणामहरु आइरहेपनि यसविरुद्ध लड्न अझै थप काम गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ।
कोरोनाविरुद्ध अहिले विश्वभर २३ वटा भ्याक्सिन निर्माणको काम चलिरहेको बीबीसीले जनाएको छ। संगठनका प्रमुख टड्रोस एडहानोम घेब्रेसियसले कुनै पनि भ्याक्सिन सफल भएमा सबै नागकिरले पाउनुपर्नेमा जोड दिनुभएको छ। भ्याक्सिन निर्माण चलिरहेको भएपनि कोरोना भाइरससँग लापरवाही गर्न नहुने उहाँको भनाइ छ। एजेन्सी ।