ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

विश्वभर एकैदिन २ लाख २४ हजार कोरोना संक्रमित

नेपालगाथा २०७७ श्रावण ४ गते आइतबार १०:३७:५७ मा प्रकाशित

काठमाडौं । विश्वभर एकैदिन २ लाख २४ हजार कोरोना संक्रमित थपिएका छन्। कोरोनाका कारण पछिल्लो २४ घन्टामा पाँच हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ। सवैभन्दा धेरै संक्रमित अमेरिकामा ६३ हजार २ सय ५९ जना थपिएका छन्।  त्यसपछि भारतमा ३७ हजार ४ सय ७ जना थपिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।   त्यस्तै ब्राजिलमा २६ हजार ४ सय, दक्षिण अफ्रिकामा १३ हजार २ सय र कोलम्बियामा ८ हजार ५ सय ६० जना संक्रमित थपिएका छन्। 

यस्तै पछिल्लो २४ घन्टामा सवैभन्दा धेरै ब्राजिलमा ८ सय जनाको मृत्यु भएको छ । अमेरिका र मेक्सीकोमा ७ सय भन्दा धेरै मानिसको ज्यान गएको पुष्टि भएको छ। विश्वभर हालसम्म १ करोड ४४ लाख भन्दा धेरै मानिस कोरोना संक्रमित भएका छन् ।  ६ लाख ४ हजार मानिसको मृत्यु भएको छ।  ८६ लाख मानिस उपचारपछि निको भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top