ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर भारतमा नेपालीमाथि दुव्यर्वहार

नेपालगाथा २०७७ श्रावण २ गते शुक्रबार १६:५६:०० मा प्रकाशित

काठमाडौं । अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर भारतको बनारसमा एक नेपालीमाथि दुव्यर्वहार भएको छ । विश्व हिन्दु सेनाका कार्यकर्ताले एक नेपालीलाई बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा श्रीराम लेखेका छन् । उनी उनलाई प्रधानमन्त्री ओली र नेपालविरुद्ध मुर्दावादको नारा लगाउन लगाएका छन् ।
घटनाको भिडियो फुटेज विश्व हिन्दु सेना आफैंले सार्वजनिक गरेको छ । लगत्तै विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठकविरुद्ध प्रहरीले एफआईआर दायर भएको छ ।
यसैबीच नयाँदिल्लीस्थित नेपाली दूतावासले पनि घटनाबारे चासो देखाएको छ । नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन सम्वाद गरेका छन् । 
यस्तो घटनालाई लिएर दुई देशको सम्बन्ध बिग्रन नदिने विषयमा मुख्यमन्त्रीसँग छलफल उनले जानकारी दिए । ‘मुख्यमन्त्रीले घटनामा संलग्नलाई सख्त कारवाही गर्छु भन्नुभएको छ’ राजदूत आचार्यले अनलाइखबरसँग भने, ‘नेपालमा रहेका भारतीय र भारतमा रहेका नेपालीहरू असुरक्षित हुनुहुँदैन भन्नेमा उहाँ सहमत हुनुहुन्छ ।’ अनलाइनखबर
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top