ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

हावाबाट पनि कोरोना सर्न सक्छ, प्रमाण भेटियो – डब्लुएचओ 

नेपालगाथा २०७७ असार २४ गते बुधबार ०८:४८:४४ मा प्रकाशित

एजेन्सी, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हावाबाट कोरोना भाइरस सर्न सक्ने र त्यसको प्रमाण भेटिएको बताएको छ । यस केहि दिन अघि ३२ देशका २ सय ३९ वैज्ञानिकहरुले गरेको अध्ययनले हावाबाट कोरोना सर्ने पुष्टि गरेको थियो । वैज्ञानिकहरूले कोरोनाबारेको मापदण्डमा परिवर्तन गर्न डब्लुएचओलाई पत्र नै लेखेका थिए । 

वैज्ञानिकहरूले दिएको प्रमाण पर्याप्त नभएको जनाउँदै डब्लुएचओले सजगता मापदण्ड परिवर्तन गर्न मानेको थिएन । महामारीसँग जुध्न डब्लुएचओले गठन गरेको प्राविधिक समूहकी नेतृत्वकर्ता डा. मारिया भान केरखोवले हावाबाट कोरोना फैलिने विषय अहिले अध्ययनमै रहेपनि केहि प्रमाण भेटिएको बताएकी छन् । 

हावाका कणमै कोरोना भाइरस, सतर्कता विधि बदल्न वैज्ञानिकको आग्रह डब्लुएचओले बढी भीडभाड हुने र कम हावा हुने बन्द कोठामा हावाबाटै कोरोना भाइरस फैलिने आशंका अस्विकार गर्न नसकिने जनाएको छ । 

साथै, यस बारेमा अझै विस्तृत अध्ययन भइरहेको डब्लुएचओले जनाएको छ । यसअघि डब्लुएचओले कोरोना भाइरस मुख्यरुपमा व्यक्तिको नाक र मुखबाट निस्केको सुक्ष्म छिटाबाट सार्ने बताएको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top