ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भारतपछि अमेरिकामा पनि चिनियाँ एपमाथि प्रतिबन्ध गर्ने तयारी

नेपालगाथा २०७७ असार २३ गते मंगलबार १३:१२:२० मा प्रकाशित

काठमाडौं । भारतले केहि समय अघि देखि बन्द गरेका टिकटक सहितका चिनीया एपमाथि अमेरिकाले पनि प्रतिबन्ध लगाउँने तयारी गरेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले टिकटक सहित चिनियाँ एपहरुमा अमेरिकामा प्रतिबन्ध लगाउने तयारी भईरहको बताएका छन् ।

उनले फक्स नयुजसँगको एक अन्तर्वार्तामा यस्तो बताएका हुन् । उनले भने, ‘अमेरिकी सांसदहरूले प्रयोगकर्ताको डाटा ह्यान्डिलिङ गर्ने टिकटकको मोडलले अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने आवाज उठाउँदै आएका छन् ।

त्यसैले, हामी टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेका छौं ।’
बाइटडान्स नामको कम्पनीले निर्माण गरेको टिकटकलाई अष्ट्रेलियामा पनि प्रतिबन्ध लगाउनुपर्ने आवाज उठिरहेको छ ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

Top