ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

रसियालाई उछिन्दै भारत धेरै कोरोना संक्रमित हुने मुलुकमा तेस्रो स्थानमा 

नेपालगाथा २०७७ असार २२ गते सोमबार ०७:५४:५५ मा प्रकाशित

एजेन्सी, काठमाडौं । छिमेकी देश भारतमा दिन प्रतिदिन कोरोना संक्रमित बढिरहेका छन् । पछिल्लो तथ्याङ्क अनुसार भारत कोरोना भाइरसबाट अति प्रभावित देशहरुको सूचीमा तेस्रो नम्बरमा उक्लिएको छ । 

भारतमा पछिल्लो २४ घण्टामा झण्डै २४ हजार नयाँ संक्रमित थपिएसँगै रसियालाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको हो । भारतमा कुल संक्रमितको संख्या ६ लाख ९७ हजार पुगेको छ ।

रसियामा संक्रमितको संख्या ६ लाख ८१ हजार छ । सबै भन्दा बढी प्रभावित अमेरिकामा २९ लाख ८१ हजार तथा ब्राजिलमा १६ लाख संक्रमित छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा ४२ हजार ६ सय संक्रमित थपिएका छन् भने २ सय ३४ जनाको मृत्यु भएको छ । ब्राजिलमा २६ हजार २ सय संक्रमित थपिँदा ५ सय ३५ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ४ सय २१ तथा रसियामा १ सय ३४ जनाको मृत्यु भएको छ । 

हिजो मात्रै विश्वभर १ लाख ७१ हजार संक्रमित थप हुँदा ३ हजार ५ सयको मृत्यु भएको छ । यो सहित विश्वभर संक्रमितको कुल संख्या १ करोड १५ लाख पुगेको छ । मृतकको संख्या ५ लाख ३६ हजार पुगेको छ भने हालसम्म ६५ लाख मानिस संक्रमणपछि उपचार गरेर निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top