होमपेज / अन्तराष्ट्रिय
एजेन्सी, काठमाडौँ । भारतमा एकै दिनमा करिव २० हजार मानिसमा कोरोना संक्रमण देखिएको छ । सरकारी अधिकारीहरुले सोमबार (२९ जुन) बिहान सार्वजनिक गरेको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै १९ हजार ४ सय ५९ जना संक्रमित भएका छन् । भने २४ घण्टामा ३ सय ८० व्यक्तिको मृत्यु भएको छ । यो संगै कुल संक्रमितको संख्या ५ लाख ४८ हजार ३ सय १८ पुगेको छ भने १६ हजार ५ सय ७ जनाको मृत्यु भएको छ ।
देश भरी अहिले २ लाख १० हजार १ सय २० जना संक्रमित अवस्थामै रहेका छन् भने ३ लाख २१ हजार ७ सय २३ जना उपचार पछि निको भएर घर फर्कीएका छन् । कोरोना भाइरसबाट सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । सो प्रदेशमा कोरोना भाइरसबाट संक्रमित भएका र मृत्यु भएकाहरुको संख्या सबैभन्दा धेरै रहेको छ ।
महाराष्ट्रमा मात्रै अहिलेसम्म १ लाख ६४ हजार ६२६ जना संक्रमित भएका छन् । त्यसैगरी केन्द्रिय राजधानी समेत रहेको दिल्ली प्रदेशमा ८३ हजार ७७ जना संक्रमित भएका मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।