ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

डेनमार्ककी प्रधानमन्त्रीको विहे सर्यो

नेपालगाथा २०७७ असार १२ गते शुक्रबार १३:२०:४३ मा प्रकाशित

एजेन्सी, काठमाडौँ । डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडेरिक्सनको विहे सरेको छ । कोरोनाभाइरस र लकडाउनका कारण उनको विवाह तीन पटकसम्म सार्नु परेको छ ।

समाचार संस्था एएफपीका अनुसार फ्रेडेरिक्सन र उनका प्रेमी  बो टेन्बर्ग हुने भनिएको विवाह पछिल्लो समय युरोपियन युनियनको बैठकका कारण सरेको हो । 

आफ्नो विवाह फेरि सरेको जानकारी प्रधानमन्त्री फ्रेडेरिक्सनले आफैं फेसबुकमा लेखेर दिएकी छन् । ‘म यी गज्जबका मान्छेसँग विवाह गर्न आतुर छु,’ टेन्बर्गसँगको तस्बिर राखेर ४२ वर्षीया फ्रेडेरिक्सनले लेखेकी छन्, ‘तर यो सजिलै भइरहेको छैन । अब फेरि जुलाईमा हामीले जुन दिन विवाह गर्ने योजना बनाएका थियौं त्यही दिन ब्रसेल्समा इयू काउन्सिलको बैठकमा जानु पर्ने भयो ।’ 

प्रतिक्रिया

सम्बन्धित खवर

Top