होमपेज / अन्तराष्ट्रिय
एजेन्सी, काठमाडौँ । अमेरिकामा कोरोना संक्रमण फेरी बढेको छ । केहि दिन यता संक्रमणमा केहि कमि आएपछि त्यहाँका सबै राज्यमा लकडाउन खुकुलो पारेको बेलामा संक्रमण फेरी बढेको हो ।
त्यहाँ बुधबारमात्रै एकै दिन ३९ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो विवरण अनुसार बुधबार मात्र त्यहाँ ३९ हजार १ सय ३ नयाँ संक्रमित थपिएका छन । संक्रमण फेरि फैलिन थालेपछि कतिपय राज्य लकडाउन पुनः कडा गर्नेतर्फ सोच्न थालेका छन ।
कतिपय शहरहरूले भने मानिसको आवतजावतमा कडाइ गर्न थालिसकेका छन । कोरोनाको दोश्रो लहरको त्रासले अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ ।
वर्ल्ड मिटरका अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ९५ लाख २० हजार नाघेको जनाएको छ ।
उसका अनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८४ हजारको नजिक पुगेको छ । संक्रमित संख्याको आधारमा अमेरिका पहिलो नम्बरमा रहेको छ भने दोश्रोमा ल्याटिन अमेरिकी मुलुक ब्राजिल रहेको छ ।
अमेरिकामा संक्रमित संख्या २४ लाख ६३ हजार बढी भइसकेको छ भने १ लाख २४ हजार बढीको ज्यान गइसकेको छ । यस्तै दोश्रो धेरै संक्रमित रहेको ब्राजिलमा यो संख्या ११ लाख ९२ हजार पार भएको छ भने मृतक संख्या ५४ हजारको नजिक पुगेको छ ।
यस्तै रूसमा ६ लाख ६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ । संक्रमितको अनुपातमा त्यहाँ मृतक संख्या अन्य मुलुकको दाँजोमा निक्कै कम छ ।
हालसम्म रूसमा कोरोनाबाट ८ हजार ५ सय बढीको मृत्यु भएको बिबिसीमा प्रकाशित समाचारमा उल्लेख छ । संक्रमित संख्याको आधारमा विश्वको चौथो मुलुक बनेको भारतमा हालसम्म ४ लाख ७२ हजार बढी संक्रमित फेला परेका छन् भने १४ हजार ४ सय बढीको कोरोनाका कारण मृत्यु भएको छ ।