होमपेज / अन्तराष्ट्रिय
एजेन्सी, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनताहरुले कोरोनाविरुद्धको खोप आफूहरुले छिट्टै पाउने बताएका छन् ।
अमेरिकाको एरिजोनामा आयोजित चुनावी ¥यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले कोरोना महामारी नियन्त्रणमा आफ्नो सरकारले खेलेको भूमिकाको चर्चा समेत गरे ।
उनले भने, ‘हामी छिट्टै खोप प्राप्त गर्दै छौं, हामीले अमेरिकी सेनाको शक्ति लगाएका छौं ।’ उनले बिरामीलाई बचाउनका लागि भेन्टिलेटरको कमी हुन नदिएको र सरकारले न्युयोर्कसम्म अस्पताल बनाएको दाबी गरे ।
हामीले अमेरिकी अर्थव्यवस्थालाई बचाउनका लागि ३ अर्ब डलरको कोषका लागि विधेयक पास गरेका छौं । ट्रम्पले भने, ‘अमेरिकीलाई रोजगारी सुनिश्चित गर्नका लागि ऐतिहासिक निर्णय गरेका छौं, जसबाट रोजगारी विदेशीको हातमा जानबाट रोक्न सकिनेछ । हामी यो युद्ध अमेरिकी ढंगले नै जित्नुपर्नेछ ।’