ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

संक्रमित बढे पनि पाकिस्तानमा बजार खुला गरियो

नेपालगाथा २०७७ असार ९ गते मंगलबार ०९:०२:०५ मा प्रकाशित

एजेन्सी, काठमाडौँ । पाकिस्तानमा कोरोना संक्रमित बढे पनि बजार खुला गरिएको छ । विश्वमै कोरोना भाइरसको सङ्क्रमण तिव्र गतिमा वृद्धि भइरहेको देशमध्ये पाकिस्तान पनि अग्रपंक्तिमा परेपनि लामो समयसम्म आर्थिक गतिविधि बन्द गरेर बस्न सक्ने अवस्था नरहेकाले सुचारु गर्न पाकिस्तान सरकारले आह्वान गरेको हो । 

कोरोनाबाट सङ्क्रमण भएका विरामी अस्पताल जाने र सङ्क्रमण मुक्त भएर घर फर्किने क्रम चलिरहे पनि गतिविधलाई पुनः निरन्तरता दिनुको विकल्प नभएको सरकारी अधिकारीको भनाइ छ ।  

आर्थिक गतिविधिलाई निरन्तरता दिन सकिएन भने देशको अर्थतन्त्र टाट पल्टीन सक्ने विज्ञ तथा सरकारी अधिकारीले निश्कर्ष निकालेका छन् । गरिबी र महामारीका लागि ठूलो रकम खर्च गरिरहनु परेकाले पनि थप आर्थिक संकट उत्पन्न भएको उनीहरूले जनाएका छन् ।

सरकारी अधिकारीहरूले अत्यावश्यक र आर्थिक गतिविधिलाई निरन्तरता दिने क्रममा कोरोनाबाट बच्नका लागि अप्नाउनु पर्ने आधारभूत सुरक्षा सतर्कताका उपाय अप्नाउन अनिवार्य गरिएको छ ।    

उनीहरूले सामाजिक दूरी कायम राख्न, मास्कको प्रयोग गर्न, सकेसम्म भेटघाट तथा भिडभाडमा नजान, सेनिटाइजर वा सावुन पानीको प्रयोग बढाउन आह्वान पनि गरेका छन् । पाकिस्तानमा हालसम्म १ लाख ८१ हजार मानिस कोरोनाबाट सङ्क्रमित भएका छन् भने ३ हजार ५ सय ९० जनाको मृत्यु भएको त्यहाँका तथ्याङ्कमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top