ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

दक्षिण कोरियाद्वारा पाकिस्तान र बंगलादेशका नागरिकले प्रवेशमा रोक 

नेपालगाथा २०७७ असार ८ गते सोमबार १७:२६:०३ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै दक्षिण कोरियाले पाकिस्तान र बंगलादेशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । 

दक्षिण कोरियाको समाचार समिति, योनहापले मंगलबारदेखि लागू हुनेगरी दक्षिण कोरियाले यो निर्णय गरेको जनाएको छ । कूटनीतिक क्षेत्रका कर्मचारीहरुका साथै अत्यावश्यक व्यापारिक प्रयोजनका लागि प्रवेशाज्ञा आवश्यक परेकोमा भने दिने स्पष्ट पारेको छ ।  

दक्षिण कोरियामा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ । कोरियाली अधिकारीहरुले ती संक्रमितहरु पछिल्ला केही दिनमा पाकिस्तान र अफगानिस्तानबाट गएका नागरिकमा देखिएको बताएका छन् । 

सोही कारणले ती देशबाट हुने आवागमनलाई सरकारले रोक्ने जनाएको छ । साथै सरकारले ती देशबाट दक्षिण कोरियामा भइरहेका उडानहरुमध्ये नियमित बाहेकका अरु उडानलाई पनि हालका लागि रोक्ने जनाएको हो । 

शनिबारदेखि ठूलो संख्यामा नयाँ संक्रमित भेटिएका बताइएको छ । निकै लामो समयपछि दक्षिण कोरियामा एकै दिन यतिधेरै मानिस संक्रमित भेटिएका हुन् । 
स्वास्थ्य अधिकारीहरुले गत शनिबारमात्र ६७ जना संक्रमित भेटिएको बताएका थिए । गत २८ मे पछि पहिलो पटक यति ठूलो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । 

दक्षिण कोरिया कोरोना भाइरसको नियन्त्रणमा सफल देशका रुपमा मानिन्छ । पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप नियन्त्रणमा रहेको पाइएको छ । 
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

Top