ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

ब्राजिलमा कोरोनाबाट ५० हजार बढिको मृत्यु

नेपालगाथा २०७७ असार ८ गते सोमबार ०८:०४:२८ मा प्रकाशित

काठमाडौँ । पछिल्लो समयमा कोरोना तिव्र रुपमा फैलिएको देश ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । समाचार संस्था रोयटर्सका अनुसार आइतबार मृतक संख्या ५० हजार ६ सय १७ पुगेको छ । हालसम्म त्यहाँ १० लाख बढी मानिसमा संक्रमण पुष्टि भइसकेको छ ।

स्वास्थ्य विज्ञहरूले त्यहाँ परीक्षणको अनुपात कम रहेकाले वास्तविक संख्या अझ धेरै हुनसक्ने बताउँदै आएका छन् । बढ्दो कोरोना संक्रमणले त्यहाँ राजनीतिक र आर्थिक संकट गहिरिदैं गएको छ । रोयटर्सका अनुसार ब्राजिलको संक्रमित संख्या १० लाख ८५ हजार ३८ पुगिसकेको छ । दक्षिण अमेरिकी महादेशमा रहेको यस देशमा प्रतिदिन औषत हजारको संख्यामा मानिसहरूले कोरोनाका कारण ज्यान गुमाइरहेका छन् । ब्राजिलले आफ्नो मुलुकमा फरवरी २६ मा पहिलो पटक कोरोना संक्रमित भेटिएको जनाएको छ ।

त्यसयता व्यापकरूपमा फैलिएको संक्रमणले राष्ट्रपति जाइर बोल्सनारूको लोकप्रियतालाई घटाउँदै लगेको छ भने वर्षौदेखि वृद्धिको बाटोमा रहेको अर्थ व्यवस्था पतन हुनसक्ने त्रास बढ्दै गएको छ । कोरोना रोकथामका लागि राष्ट्रपति जाइरको रवैयाको देशभित्र र बाहिर चर्को आलोचना हुँदै आएको छ । कोरोना भाइरसको रोकथाममा उनको उदासिनताका कारण दुई जना स्वास्थ्यमन्त्रीले संकट सुरू भएयता पद छाडिसकेका छन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

Top