ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ५९ हजार नाघ्यो

नेपालगाथा २०७७ असार ६ गते शनिबार ०८:३५:२६ मा प्रकाशित

काठमाडौँ । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ५९ हजार नाघेको छ । जोन होप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको तथ्याङ्कअनुसार हाल सम्म चार लाख ५९ हजार ४ सय ३७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तो हाल सम्म कुल संक्रमितको संख्या ८६ लाख ३९ हजार २३ जना पुगेको छ ।

जसमा सबै भन्दा बढि अमेरिका प्रभावित छ । अमेरिकामा हालसम्म २२ लाख १९ हजार ६ सय ७५ जनामा कोरोना देखिएको छ । भने त्यहाँ एक लाख १९ हजार ९९ जनाको ज्यान गइसकेको छ ।

त्यसपछि ब्राजिलमा कोभिड–१९ (कोरोना) संक्रमितको संख्या १० लाख नाघेको छ । त्यहाँ अहिलेसम्म १० लाख ३२ हजार ९ सय १३ जना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये ४८ हजार ९ सय ५४ जनाले ज्यान गुमाएका छन् । १० लाखभन्दा बढी कोराना संक्रमित भेटिएको दोस्रो मुलुक पनि ब्राजिल नै बनेको छ । पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ५४ हजार नयाँ संक्रमित थपिएका छन् ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार लगातार चौथो दिन पनि ब्राजिलमा एक हजार २०० भन्दा बढी संक्रमितको ज्यान गएको छ । विशेषज्ञहरूले अझै पर्याप्त परीक्षण नभएको र महामारीले उग्ररूप लिन बाँकी नै रहेको चेतावनी दिएका छन् । 

अमेरिका, ब्राजिल र रुसपछि भारत कोरोनाबाट सबैभन्दा प्रभावित मुलुकहरुको चौथो स्थानमा छ । भारतमा अहिलेसम्म तीन लाख ८० हजार ५ सय ३२ जना संक्रमित फेला परेका छन् । १२ हजार ५ सय ७३ जनाले ज्यान गुमाएका छन् । 
एजेन्सी
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top