ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कोरोनाका कारण विदेशमा रहेका नेपालीको मृत्यु हुने क्रम रोकियो – एनआरएनए

नेपालगाथा २०७७ जेठ ३२ गते आइतबार १२:०९:१० मा प्रकाशित

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बताएको छ । एनआरएनएका अनुसार विगत ८ साता लगातार बिभिन्न देशमा नेपालीहरुले ज्यान गुमाएका थिए । यो साता भने कोरोना भाइरसको संक्रमणबाट कुनै नेपालीले ज्यान गुमाउन परेन ।

एनआरएनए अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा हिँजो शनिवार साँझसम्म उल्लेख्य रुपमा कमी आएको छ । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम लगायतका १५ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

एनआरएनए स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा ९ हजार भन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमित रहेको जानकारी दिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top