ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कोरोना संक्रमण – भारतमा दैनिक नयाँ रेकर्ड, शनिबार मात्रै ११ हजार बढी संक्रमित थपिए

नेपालगाथा २०७७ जेठ ३२ गते आइतबार ०८:३७:४६ मा प्रकाशित

काठमाडौँ । छिमेकी देश भारतमा अहिले दिन प्रतिदिन कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको छ । संक्रमण संख्यामा भारतले दैनिक नयाँ रेकर्ड कायम गरेको छ । भारतमा शनिबार मात्रै ११ हजार ४ सय ५८ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै भारतमा जनवरी २० मा पहिलो पटक कोरोना प्रमाणित भएयताकै सर्वाधिक ठूलो वृद्धि कायम भएको हो । गत सातासम्म त्यहाँ यो दर १० हजारको करिब थियो यो सँगै भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मुलुकको संक्रमित संख्या ३ लाख नाघेको जनाएको छ ।

भारत विश्वमा कोरोनाबाट सर्वाधिक प्रभावित हुने चौथो देश हो । शुक्रबारमात्र उसले संक्रमित संख्यामा बेलायतलाई उछिनेको थियो । करिब पाँच चरणको लकडाउनपछि भारतले मार्चको अन्त्यबाट त्यसलाई खुकुलो बनाउन सुरू गरेको छ ।

कोरोनाका कारण त्यहाँ सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित बनेको छ । शनिबारबाट त्यहाँको संक्रमित संख्या १ लाख नाघेको छ । यसैगरी भारतको राजधानी दिल्लीमा पनि २ हजार नयाँ संक्रमित फेला परेका छन् ।

संक्रमित संख्या बढेको भएपनि कोरोनाबाट निको हुने दरमा पनि सुधार भइराखेको छ । शुक्रबार त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कुल संक्रमितमध्ये १ लाख ४७ हजार जना संक्रमण मुक्त भएको जानकारी दिएको छ ।

भारतमा हाल कोरोनाका १ लाख ४५ हजार ७ सय ७९ वटा सक्रिय केस रहेका छन् भने ८ हजार ८ सय ८४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top