ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

नेपालले नक्सा पारित गरेर वार्ताको वातावरण बिगार्यो – भारत

नेपालगाथा २०७७ जेठ ३२ गते आइतबार ०७:५३:४९ मा प्रकाशित

काठमाडौं । नेपालले नयाँ नम्सा पारित गरेर वार्ताको वातावरण बिगारेको भारतले प्रतिक्रिया दिएको छ । शनिबार नेपालको प्रतिनिधिसभाले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा पारित गरेपछि भारतले यसलाई असहमति जनाएको हो । 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले नयाँ नक्सा प्रतिनिधिसभाबाट पारित गरेको जानकारी पाएको बताउँदै यसले वार्ताको वातावरण बिगार्ने उल्लेख गरेका छन् । ‘नयाँ नक्सा र नेपालको दावी केवल कृत्रिम विस्तार मात्रै हो’, उनले भनेका छन्, ‘यो ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन । यसले दुई देशबीच सीमा क्षेत्रका बाँकी मुद्दाहरूमा वार्ता गर्नु हाम्रो वर्तमान समझदारीको पनि उल्लंघन गरेको छ ।’ नेपालको संघीय संसद अन्तर्गत प्रतिनिधिसभाले नेपालको संविधानको दोस्रो संशोधन विधेयक पारित गरेकोबारेमा सञ्चारकर्मीहरुले सोधेका प्रश्नहरूको जवाफमा  प्रवक्ता श्री अनुराग श्रीवास्तवले यसो भनेका हुन् ।

‘हामीले नेपालको घटनाक्रममा नजर राखेका छौं । नेपालको प्रतिनिधि सभाले नक्सा बदल्नको लागि संविधान संशोधन विधेयक पारित गरेको छ’, उनले भनेका छन्, ‘जसमा भारतीय क्षेत्रको केही अंश समावेश छ । हामीले यसबारे आफ्नो धारणा स्पष्ट गरिसकेका छौं ।’ नेपालले यस अघि नै जेठ ७ मा भारतीय अतिक्रमणमा परेका तीनवटा भूभाग समेटेर नक्सा जारी गरेपछि भारतले त्यसलाई अस्वीकार गर्ने बताइसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top