ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कोरोनाबाट विश्वभर ४ लाख २८ हजार बढीको मृत्यु

नेपालगाथा २०७७ जेठ ३१ गते शनिबार १८:५९:४१ मा प्रकाशित

काठमाडौँ । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या ४ लाख २८ नाघेको छ । तथ्याङक अनुसार ४ लाख २८ हजार ३ सय ४२ पुगेको छ । साथै, यस संक्रमणबाट विश्वभर ७७ लाख ४० हजार ५ सय ५ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

शनिबारसम्म प्राप्त जानकारी अनुसार ३९ लाख ६६ हजार ५ सय ६६ जना निको भएर घर फर्किएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३३ लाख ४५ हजार ५ सय ९७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ८ सय ८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

डब्लुएचओका अनुसार अमेरिकामा मात्र २१ लाख १६ हजार ९ सय २२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १६ हजार ८ सय २५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १३ लाख ५६ हजार २ सय ८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५७ हजार ८ सय ७० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २४ लाख २७ हजार २ सय ७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४३ हजार ३ सय ५५ जनाको मृत्यु भएको छ ।

युरोपमा २१ लाख ७३ हजार ५ सय ७८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८२ हजार ६७ को मृत्यु भएको छ । एसियामा १५ लाख ४६ हजार २ सय ७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३८ हजार ८३१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख २७ हजार ६ सय ९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६ हजार ८० जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९ सय ५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । 
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

Top