ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

विश्वभर कोरोनाबाट ४ लाख २ हजार बढिको मृत्यु 

नेपालगाथा २०७७ जेठ २६ गते सोमबार ११:४०:२१ मा प्रकाशित

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार लाख दुई हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट ४ लाख २ हजार ८ सय ५२ जनाको मृत्यु भएको छ । भने ७० लाख बढिमा संक्रमण देखिएको छ । तथ्याङ्क अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७० लाख १५ हजार १२८ पुगेको छ ।

अमेरिकामा सबै भन्दा बढी १९ लाख ४२ हजार ३ सय ६३ संक्रमित फेला परेका छन् । त्यस्तै ब्राजिलमा ६ लाख ९१ हजार ७ सय ५८ संक्रमित फेला परेका छन् । रुसमा पनि संक्रमितको संख्या चार लाख ६७ हजार ७३ पुगेको छ ।

अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख १० हजार ५ सय १४ पुगेको छ भने बेलायतमा कोरोना भाइरसको कारण ४० हजार ६ सय

२५ जनाको मृत्यु भइसकेको छ । ब्राजिलमा पनि ३६ हजार ४ सय ५५ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म विश्वभर कोरोना भाइरसका ३१ लाख ४२ हजार ४ सय ४० संक्रमित निको भएर घर फर्किसकेको तथ्याङ्कमा उल्लेख छ । 
एजेन्सी 

प्रतिक्रिया

सम्बन्धित खवर

Top