ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कोरोनाबाट विश्वभर ४ लाख बढीको मृत्यु

नेपालगाथा २०७७ जेठ २५ गते आइतबार ०८:०२:४८ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण विश्वमा मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख १ हजार ६ सय ७ जना पुगेको हो । संसार भर ६९ लाख ६६ हजार ४ सय १२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यस्तै अहिलेसम्म विश्वभर ३४ लाख ४ हजार ४ सय १५ जना उपचार पछि घर फर्केका छन् । 

त्यस मध्ये अमेरिकामा सबै भन्दा बढि १९ लाख ८८ हजार ४ सय ६१  संक्रमित भएका छन् भने एक लाख  १२ हजार ९६ जनाको मृत्यु भएको छ । यसै बीच ७ लाख ४८ हजार ६ सय ८७ निको भएर फर्किएका छन् । 

ब्राजिलमा ६ लाख ७३ हजार ५ सय ८७ जना संक्रमित भएका छन् भने ३५ हजार ९ सय ५७ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ३ लाख २ हजार ८४ जना ठिक भएका छन् । 

रसियामा अहिलेसम्म ४ लाख ५८ हजार ६ सय ८९ जना संक्रमित भएका छन् भने ५ हजार ७ सय २५ जनाको कोरोनाबाट मृत्यु भएको छ । त्यस्तै अहिलेसम्म २ लाख २१ हजार ३ सय ८८ जना ठिक भएका छन् । बेलायतमा अहिलेसम्म २ लाख ८४ हजार ८ सय ६८ कुल संक्रमित भएका छन् भने ४० हजार ४ सय ६५ जनाको मृत्यु भएको छ । 

भारतमा अहिलेसम्म २ लाख ४६ हजार ६ सय २२ जना संक्रमित भएका छन् भने ६ हजार ९ सय ४६ जनाको मृत्यु भएको छ । त्यस्तै भारतमा अहिलेसम्म एक लाख १८ हजार ६ सय ९५ जना ठीक भएर घर फर्किएका छन् । 

इटालीमा २ लाख ३४ हजार ८ सय १ जना कुल संक्रमित भएका छन् भने ३३ हजार ८ सय ४६ जनाको मृत्यु भएको छ । भने एक लाख ६५ हजार ७८ जना निको भएर फर्किएका छन् ।  

फ्रान्समा एक लाख ५३ हजार ६ सय ३४ कुल संक्रमित भएका छन् भने २९ हजार १ सय ४२ जनाको मृत्यु भएको छ । यसै बीच ७० हजार ८०६ जना निको भएर फर्किएका छन् । स्पेनमा २ लाख ८८ हजार ३ सय ९० कुल संक्रमित भएका छन् भने २७ हजार १ सय ३५ जनाको मृत्यु भएको छ । 
एजेन्सी 

प्रतिक्रिया

सम्बन्धित खवर

Top