ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

धेरै कोरोना संक्रमित हुनेमा छैटौं नम्बरमा भारत, इटालीलाई उछिन्यो 

नेपालगाथा २०७७ जेठ २४ गते शनिबार ०८:२८:२७ मा प्रकाशित

काठमाडाैँ । पछिल्लो विश्व विवरण अनुसार इटालीलाई उछिन्दै धेरै संक्रमित भएको मुलुकमा भारत छैटौं स्थानमा पुगेको छ । टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका अनुसार भारतमा संक्रमित संख्या २ लाख ३६ हजार १ सय १७ पुगेको छ भने इटालीको कुल कोरोना संक्रमित संख्या २ लाख ३४ हजार ५ सय ३१ रहेको छ ।

भारतमा कोरोनाका कारण हुने दैनिक मृत्यु संख्यामा पनि भारतले नयाँ रेकर्ड कायम गरेको छ । हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार भारतमा एकै दिन ३ सय जनाको कोरोनाका कारण ज्यान गएपछि दैनिक मृत्युदरमा नयाँ रेकर्ड बनेको हो ।

यो सँगै शुक्रबार सम्म भारतमा कोरोनाबाट मृत्युसंख्या ६ हजार ५ सय ७५ पुगेको छ । दैनिक मृत्यु संख्यामा नयाँ रेकर्ड कायम भएपनि संक्रमित दरका आधारमा मृत्युदर स्थिर नै रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ । हाल योदर २.८ प्रतिशत रहेको छ । विश्वमा यो दर ५.८ प्रतिशत रहेको छ ।
पछिल्ला सात दिनमा भारतको कोरोनाका कारण हुने औषत मृत्यु संख्या २ सय ३९ रहेको छ । यसअघि यो १ सय ७९ थियो । यसै गरी भारतमा संक्रमित संख्या प्रतिदिन १० हजारको नजिक पुग्न थालेको छ ।

लगातार तेश्रो दिन पनि संक्रमित संख्या ९ हजार माथि हुँदै गएकाले यो दरले छिट्टै १० हजार छुने ठानिएको छ ।् शुक्रबार भारतमा ९ हजार ३ सय ९८ नयाँ संक्रमित फेला परेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top