ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

बेलायतबाट झण्डै २ सय ५० सय नेपाली स्वदेश फर्कन आवेदन दिए

नेपालगाथा २०७७ जेठ २३ गते शुक्रबार ०८:५३:०३ मा प्रकाशित

काठमाडौँ । बेलायतबाट नेपाल फर्कन चाहाने झण्डै २ सय ५० जना नेपालीले स्वदेश फर्कन आवेदन दिएका छन् । लन्डनस्थित नेपाली दूतावासले बेलायतबाट स्वदेश फर्कन चाहनेका लागि सूचना जारी गरेसँगै नाम टिपाउने क्रम बढेको छ । बिहीबार साँझसम्म २ सय ३० जनाले नाम दर्ता गराएको दूतावासले जनाएको छ ।

शुक्रबारसम्म नाम दर्ताको समयसीमा भएकाले फर्कन चाहनेहरू ३ सयजति पुग्ने अनुमान गरिएको दूतावासका उपनियोग प्रमुख शरदराज आरनले बताए । इमेल र वेबसाइटबाट पनि दर्ताको व्यवस्था मिलाइएको छ । नेपाल फर्कन चाहनेमा विश्वविद्यालयका विद्यार्थी, घुम्न आएकाहरू, प्रशिक्षणका लागि आएका अर्धसरकारी कर्मचारी, परीक्षाका लागि आएका चिकित्सक, घरेलु कामदारलगायत छन् ।

विद्यार्थीहरू जागिर गुमेको र पढाइ पनि अनिश्चित कालका लागि स्थगित भएपछि आत्तिएका छन् । पानीजहाजमा कार्यरत करिब दुई दर्जन नेपाली पनि लकडाउनले फसेको बताइएको छ । 

नेपाल सरकारले जेठ १२ गते कोभिड–१९ का कारण विदेशबाट फर्कनै पर्ने अवस्थामा रहेका नागरिकलाई फिर्ता ल्याउने निर्णय गरेको थियो । यसैका लागि दूतावास अहिले बेलायत, आयरल्यान्ड र माल्टामा रहेका नेपालीको तथ्यांक संकलनमा जुटेको हो । गैरआवासीय नेपाली संघ बेलायतले संकलन गरेको विवरण पनि दूतावास पुगेको छ । फर्कन चाहनेले उडान निश्चित भएपछि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षणको प्रमाण पेस गर्नुपर्नेछ भने नेपाल पुगेपछि १४ दिन आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top