होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । छिमेकी देश भारतमा २ लाख १६ हजार भन्दा बढिमा कोरोना संक्रमण देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार हाल सम्म भारतमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९ सय १९ पुगेको छ । भने हाल सम्म मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ । हाल सम्म कोरोना भाइरसको कारण ६ हजार ७५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २ सय ६० जनाको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका नौ हजार ३ सय ४ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो केही दिन यता भारतमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा देखिएको छ ।
भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा ७४ हजार भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा दुई हजार ५ सय ८७ जनाको मृत्यु भइसकेको छ । तमिलनाडुमा २५ हजार भन्दा बढीमा संक्रमण देखिएको छ भने २ सय ८ जनाको मृत्यु भइसकेको छ ।
दिल्लीमा पनि २३ हजार भन्दा बढी मानिसमा यसको संक्रमण देखिँदा ६०६ जनाको मृत्यु भएको छ भने गुजरातमा १८ हजार भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यस्तै पश्चिम बंगालमा ६ हजार भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने उत्तर प्रदेशमा आठ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । बिहारमा चार हजार एक सयभन्दा बढी संक्रमित छन् । हाल सम्म भारतमा कोरोना भाइरसका एक लाख चार हजार १ सय ७ संक्रमित निको भएर घर फकीएसकेका छन् ।