होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनकाको उपचारका लागि हाइड्रोक्सीक्लोरोक्वीनको क्लिनिकल ट्रयाललाई अनुमति दिएको छ । डब्लुएचओले अस्थायी रुपमा एक साता अघि प्रतिबन्ध लगाएपछि फेरी यस औषधिको क्लिनिकल ट्रायल हुने भएको हो । मलेरियाको यो औषधि कोरोना संक्रमित बिरामीको उपाचारमा विभिन्न देशमा अहिले पनि प्रयोग भइरहेको छ । एक अनुसन्धानले हाइड्रोक्सीक्लोरोक्वीन हानिकारक हुने बताएपछि डब्लुएचले यस औषधिको क्लिनिकल ट्रायललाई अस्थायी रुपमा रोकेको थियो ।
सो अनुसन्धानको समिक्षा पछि हाइड्रोक्सीक्लोरोक्वीनको क्लिनिकल ट्रायलको अनुमति फेरी दिइएको डब्लुएचओले जानकारी दिएको छ । केहि दिन मात्र डब्लुएचओको प्रतिबन्धका बीच अमेरिकाले ब्राजिललाई हाइड्रोक्सीक्लोरोक्वीनका २० लाख ट्याब्लेट उपलब्ध गराएको थियो । अहिले ब्राजिलमा कोरोना संक्रमितलाई यो औषधीको प्रयोग गरिएको छ । त्यस्तै टर्कीले पनि कोरोना संक्रमितलाई यो औषधिको प्रयोग गरिरहेको र नतिजा उत्साहजनक रहेको रिपोर्ट आएको छ ।
एजेन्सी