ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

विदेशमा अड्किएका नेपाली कामदारको शव ल्याइने, कोरोना संक्रमितको उतै जलाइने 

नेपालगाथा २०७७ जेठ २० गते मंगलबार १८:४४:०० मा प्रकाशित

काठमाडौं । लकडाउनका कारण लामो समय सम्म विदेशमा अड्किएका नेपाली नागरिकको शव ल्याउने भएको छ । रोजगारीको क्रममा मृत्युवरण गरेका नेपाली कामदारको शव ल्याउने तयारी गरिएको हो । मन्त्रिपरिषद्को यही जेठ १२ गतेको बैठकले स्वीकृत गरेको उक्त कार्य योजनामा नेपाल फर्कन चाहने र विदेशमा रहेका नेपाली कामादारको शव ल्याइने विषय समेटिएको छ । नेपाल ल्याउनैपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश आउन सहजीकरण गर्ने आदेश २०७७ बमोजिम जहाज चार्टर्ड भएका बेला अलपत्र शव पनि ल्याउने तयारी गरिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालये जनाएको छ । 

कोरोना भाइरसको कारण नभएर अन्य कारणले मृत्यु भएकाको शव ल्याइने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए । उनका अनुसार अन्य कारणले मृत्यु भएकाको परिवारले ल्याउनको लागि अनुरोध गरेमा ल्याउन सकिन्छ । शव ल्याउनको लागि छुट्टै जहाज चार्टड गरिन्छ । साढे दुई महिनाको अवधिमा कोरोना सहित अन्य विविध कारणले खाडीका ६ देश मलेसिया, दक्षिण कोरिया लगायतका देशमा कार्यरत २ सय भन्दा बढी नेपालीले ज्यान गुमाएको छन् । 
 

कोरोना संक्रमितको शव उतै जलाइने 
मन्त्रालयले कोरोना संक्रमितको शव भने उतै जलाइने जानकारी दिएको छ ।  नेपालमा रहेका परिवारसँग सल्लाह गरी कोरोना भाइरसको कारणले मृत्यु भएकाको शवलाई विदेशमा दाहसंस्कार गर्ने व्यवस्था गरिएको जानकारी दिइएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top