होमपेज / अन्तराष्ट्रिय
एजेन्सी । चीनले कोरोना भाइरसविरुद्धको खोप यो वर्षको अन्त्यसम्ममा तयार हुनसक्ने बताएको छ । विश्वभरका मुलुकहरु कोरोना विरुद्धको खोप बनाउने दौडमा रहेका बेला चीन सरकारले यही वर्षको अन्त्यसम्म खोप तयार हुनसक्ने जनाएको हो । चीनका सरकारको सम्बन्धन पाएका दुई कम्पनी मिलेर बनाइरहेको एक खोप सन् २०२० को अन्त्य सम्ममा तयार हुन सक्ने बताइएको हो ।
बढीमा सन् २०२१ को सुरुमा सो खोप प्रयोगमा आउन सक्ने जनाइएको छ । चीन सरकारको स्वामित्व रहेको एसेट्स सुपरभिजन एण्ड एड्मिनिस्ट्रेसन कमिसन (एसएएसएसी) ले शुक्रबार सामाजिक सञ्जालमार्फत खोप बारे जानकारी दिएको हो । वुहान इन्स्टिच्युड अफ बोयोलोजिकल प्रोडक्ट्स र बेइजिङ्ग इन्स्टिच्यूड अफ बायोलोजिकल प्रोडक्ट्स मिलेर खोप बनाइरहेका हुन् ।
अहिले सो खोपको दोस्रो चरणको परीक्षण भएको छ । त्यसका लागि दुई हजार भन्दा बढी मानिसलाई सो खोप दिइएको रोयटर्सले जनाएको छ । एसएएसएसीका अनुसार बेइजिङ्ग इन्स्टिच्युडले प्रतिवर्ष १०० मिलियनदेखि १२० मिलियन डोज खोप उत्पादन गर्न सक्ने छ ।