ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भारतमा जुन ३० सम्म लकडाउन 

नेपालगाथा २०७७ जेठ १८ गते आइतबार ०८:५८:१७ मा प्रकाशित

काठमाडौं । भारतमा थप एक महिना अर्थात जुन ३० गते सम्म लकडाउन थपिएको छ । भारतमा चौथो चरणको लकडाउन आज सकिँदै छ । केन्द्रीय सरकारले जुन ३० सम्म लकडाउन थप्ने निर्णय गर्दै चरणगत रुपमा सबै आर्थिक गतिविधिहरू सङ्क्रमणमुक्त क्षेत्रमा सुरु गरिने जनाएको छ । सरकारले जारी गरेको निर्दे्शिकामा सङ्क्रमित क्षेत्रमा लकडाउनको कठोर पालना गराउन निर्देशन दिइएको छ ।   

गृह मन्त्रालयले नयाँ निर्देशिका प्रान्तीय सरकार र केन्द्र प्रशासित प्रान्तसँग विभिन्न चरणमा छलफल पश्चात जारी गरेको जनाएको छ ।  गृहमन्त्री अमित शाहले बिहीबार सबै प्रान्तका मुख्यमन्त्रीहरूसँग छलफल गरेका थिए । त्यसपछि उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेका थिए ।

निदेशिकाबमोजिम जुन ८ देखि सार्वजनिक पूजास्थल तथा मन्दिर, होटेल, रेष्टुरेन्ट र अन्य सेवा क्षेत्र तथा शपिङ मल खुला गरिनेछ । यद्यपि स्वास्थ्य मन्त्रालयले यी स्थलहरू सञ्चालनका लागि मापदण्ड निर्धारण गर्नेछ । दोस्रो चरणमा विद्यालय, कलेज सञ्चालन गरिनेछ । प्रान्तीय सरकारलाई संस्थागत रुपमा अभिभावक, विद्यालय र कलेजसँग परामर्श गर्न गृह मन्त्रालयले सुझाव दिएको छ । जुलाई महिनामा विद्यालय, कलेज सञ्चालन गर्ने गरी तयारी गरिएको छ । 
अन्तर्रािष्ट्रय उडान, मेट्रो रेल सञ्चालन, स्विमिङ पुल, मनोरञ्जन पार्क, सभागृह लगायतमा गतिविधि सञ्चालनमा रोक यथावत रहनेछन् । सामाजिक, खेलकुद, राजनीतिक, सांस्कृतिक तथा पर्व उत्सव मनाउन तेस्रो चरणसम्म पर्खिनु पर्नेछ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top