होमपेज / अन्तराष्ट्रिय
काठमाडौँ । कोरोना भाइरसका कारण बन्द भएको पाकिस्तानको अन्तराष्ट्रिय उडान सुरु भएको छ । शुक्रबार राति देखि अन्तराष्ट्रिय उडान सुरू भएको हो । शुक्रबार एक सूचना जारी गर्दै अन्तराष्ट्रिय उडान सुरू गर्ने पाकिस्तानले जनाएको थियो । शुक्रबारबाट उसले चाटर्ड र नियमित तालिकामा नराखिएको उडान सुरू गरेको पाकिस्तानका संचारमाध्यमहरूले जनाएका छन् । उनीहरूका अनुसार नियमित उडानहरू भने शनिबारबाट सुरू हुनेछन् ।
सरकारले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि नियमित गतिविधिमा लगाएको रोकलाई खुकुलो पार्ने निर्णयसँगै अन्तराष्ट्रिय उडानलाई पुनः सुरू गर्न लागिएको छ, पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शुक्रबार जारी सूचनामा भनिएको थियो ।
प्राधिकरणले घरेलु उडानलाई भने विभिन्न चरणमा गरी यस पहिले नै सुरू गरिसकेको छ । संघीय सरकारको निर्णय अनुसार पाकिस्तानबाट हुने अन्तराष्ट्रिय उडानहरू शुक्रबार राति २३ः५९ पछि सुरू भइसकेका छन् । पाकिस्तानले अन्तराष्ट्रिय उडानलाई गत मार्चदेखि रोकेको थियो ।
एजेन्सी