होमपेज / अन्तराष्ट्रिय
काठमाडौँ । कोरोना भाइरसको इपिसेन्टर बनिरहेको ब्राजिलमा एकैदिन २६ हजार बढि कोरोना संक्रमित भेटिएका छन् । अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ब्राजिलमा एकैदिन २६ हजार ४ सय १७ जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमित संख्याका आधारमा ब्राजिल विश्वको सबैभन्दा धेरै कोरोना संक्रमित भएको दोश्रो मुलुक हो । पहिलो नम्बरमा भने अमेरिका रहेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलभर संक्रमित संख्या ४ लाख ३८ हजार २ सय ३८ भएको छ । भने हाल सम्म २६ हजार ७ सय ५४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।
एजेन्सी