ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

विश्वलाई चीनको कोरोनाको खराव उपहार – ट्रम्प

नेपालगाथा २०७७ जेठ १६ गते शुक्रबार ०८:२५:५९ मा प्रकाशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई चीनको विश्वलाई खराब उपहार भन्दै आलोचना गरेका छन् । कोरोनाका कारण अमेरिकामा ज्यान जानेको संख्या एक लाख नाघेको छ ।

त्यस्तै अमेरिकामा १७ लाख भन्दा धेरैमा संक्रमण भेटिएको छ । ट्वीट गर्दै उनले भनेका छन् । ‘कोरोना भाइरसको पेन्डामिकबाट मृत्यु हुनेको संख्या एक लाख पुग्दा हामी अत्यन्तै दुखद् माइलस्टोनमा पुगेका छौं,’ ट्रम्पले मृतकका परिवार र आफन्तहरुप्रति समवेदना प्रकट गरेका छन् ।

पत्रिका द न्युयोर्क टाइम्सले मृत्यु भएकाको संख्यालाई कोरीयन युद्ध यताकै भएका सबै खाले युद्धमा मारिने अमेरिकी सेनाको संख्या भन्दा अत्याधिक भनेको छ । सन् १९६८ मा यस्तै पेन्डामिक हुँदा अमेरिकामा १ लाख १६ हजार जनाको ज्यान गएको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top