ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

नेपालगाथा २०७७ जेठ १४ गते बुधबार ०८:३९:५४ मा प्रकाशित

काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । अमेरिकामा हिजो एकै दिन ७ सय ४० जनाको ज्यान गएको छ । वल्डोमिटरले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा हालसम्म एक लाख ५ सय ४५ जनाको ज्यान गईसकेको छ । 

भने १७ लाख २५ हजार ३ सय ४७ कोरोना संक्रमित पुगेका छन् । हालसम्म ४ लाख ७८ हजार २ सय २५ जनासंक्रमित निको भइसकेका छन् । 
अमेरिकापछि ब्राजिलमा तीब्र रुपमा फैलिएको यो भाइरसका कारण हालसम्म ३ लाख ९१ हजार २ सय २२ जनामा संक्रमण देखिएको छ । त्यस्तै त्यहाँ २४ हजार ५ सय १२ जनाले ज्यान गुमाइसेका छन् । रुसमा संक्रमितको संख्या ३ लाख ६२ हजार ३ सय ४२ रहेको छ । त्यहाँ ३ हजार ८ सय ७ जनाको ज्यान गइसकेको छ । 

संक्रमितको आधारमा चौथो स्थानमा रहेको स्पेनमा हालसम्म २७ हजार १ सय १७ को ज्यान गएको छ । त्यस्तै २ लाख ८३ हजार ३ सय ३९ जनामा संक्रमण भेटिएको छ ।  बेलायतमा ३७ हजार ४८ जनाको ज्यान गइसकेको छ । त्यहाँ २ लाख ६३ हजार २ सय २७ जनामा संक्रमण देखिएको छ । 
छिमेकी देश भारतमा संक्रमित हुनेको संख्या एक लाख ५० हजार नाघेको छ । भने ४ हजार ३ सय ४९ जनाको ज्यान गएको छ । 

हाल सम्म विश्वभर संक्रमितको संख्या ५६ लाख ७७ हजार ७७ रहेको छ । संसारभर एकै दिन ९३ हजार ३० संक्रमित थपिएका छन् । त्यस्तै २४ घण्टामा ३ लाख ९ हजार ८८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरबाट २४ लाख २६ हजार ३ सय ८४ जना निको भएर घर फर्किएका छन् ।
एजेन्सी
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top