होमपेज / अन्तराष्ट्रिय
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड(१९) बाट संक्रमित हुनेको संख्या एक लाख ४५ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले सम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ४५ हजार ३ सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ५ सय ३५ नयाँ संक्रमित फेला परेका हुन् ।
त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि चार हजार १ सय ६७ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण १ सय ४६ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५२ हजार ६ सय ६७ पुगेको छ । महाराष्ट्रमा अहिले सम्म एक हजार ६ सय ९५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै तमिलनाडुमा अहिलेसम्म १७ हजार ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा १ सय १८ जनाको मृत्यु भएको छ । गुजरातमा अहिले सम्म १४ हजार ४ सय ६० संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि ८ सय ८८ पुगेको छ ।
मध्य प्रदेशमा संक्रमितको संख्या ६ हजार ८ सय ५९ संक्रमित फेला परेका छन् । यो राज्यमा तीन सयको मृत्यु भइसकेको छ । भारतको पश्चिम बंगालमा तीन हजार ८ सय १६ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या २ सय ७८ पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या ६ हजार ५ सय ३२ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट १ सय ६५ जनाको मृत्यु भएको छ । बिहारमा दुई हजार ७ सय ३० संक्रमित पुग्दा १३ जनाको मृत्यु भइसकेको छ । संक्रमित मध्ये ६० हजार ४ सय ९१ संक्रमित निको भएर घर फर्किसकेका मन्त्रालयले जानकारी दिएको छ ।