ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कोरोना उपचारमा हाइड्रोक्सिक्लोरोक्वाइन प्रयोग माथि डब्लुएचओकोे प्रतिबन्ध

नेपालगाथा २०७७ जेठ १३ गते मंगलबार ०८:४७:४५ मा प्रकाशित

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको सम्भावित उपचारका लागि मलेरियाविरूद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वाइनको परीक्षणमा अस्थायी प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस विरुद्ध लड्न र यसको रोकथामका लागि मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वाइनको सेवन गरिरहेको घोषणा गरेको केही दिनपछि डब्ल्युएचओका महानिर्देशक टेड्रोस अडानोम गेबेरियससले सोमबार एक पत्रकार सम्मेलनमा प्रतिबन्धको घोषणा गरेका हुन् ।

ट्रम्पले अहिले उक्त औषधि सेवन गर्न छोडेका छन् । उनलाई यसलाई कोरोना भाइरसको सम्भावित उपचारका लागि लिन सकिने विश्वास छ । तर यस विषयमा स्वास्थ्य विशेषज्ञहरूले मानव स्वास्थका लागि सो औषधि घातक हुनसक्ने चेतावनी दिदै आइरहेका छन् ।

साइन्स जर्नल ’द लान्सेट’मा प्रकाशितले हाइड्रोक्सिक्लोरोक्वाइ सेवन गर्ने मानिसहरुमा हृदयको समस्या र मृत्युको बढी जोखिममा हुन सक्ने उल्लेख गरेको छ । ‘कार्यकारी समूहले हाइड्रोक्सिक्लोरोक्वाइनको परीक्षणमा अस्थायी प्रतिबन्ध लगाएको छ । सुरक्षा अनुगमन बोर्डले यसको प्रयोगको प्रभावकारीता बारे समीक्षा गरेपछि औषधिको प्रयोगमा रोक लगाइएको हो’, टेड्रोसले अनलाइन ब्रिफीङ भने ।

विश्व स्वास्थ संगठनले पहिले नै  चिकित्सकीय परीक्षणका लागि बाहेक कोरोना भाइरसको उपचार वा यसको रोकथामका लागि  हाइड्रोक्सिक्लोरोक्वाइनको प्रयोग नगर्न सिफारिस गरेको थियो ।

सम्मेलनमा संगठनका आपतकालिन कार्यक्रमका प्रमुख माइक रायनले विश्वका धेरै देशहरुमा लकडाउनका प्रतिबन्धहरु सहज बनाएका भएपनि कोरोना भाइरस प्रकोपको दोस्रो लहर सुरु हुनसक्ने चेतावनी दिएका छन् । ‘हाइड्रोक्सिक्लोरोक्वाइनको परीक्षणमा प्रतिबन्ध लगाउने निर्णय निकै सावधानीबाट लिइएको हो’, रायनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top