ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

भारतीय क्वारेन्टाइनमा एक नेपालीको मृत्यु

नेपालगाथा २०७७ जेठ ११ गते आइतबार ०८:२६:२५ मा प्रकाशित

काठमाडौं । भारतमा रोजगारी गरी घर फर्कने क्रममा भारतीय क्वारेन्टाइनमा रहेका एकजना नेपालीको शनिबार मृत्यु भएको छ । लकडाउनका कारण स्वदेश आउन नपाएका ती नेपालीको सुनौली नाका नजिकको नौतनवास्थित राजिव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा शनिबार बिहान मृत्यु भएको थियो ।

उनलाई स्वदेश आउने क्रममा सुनौली नाकाको सिमानाबाट केही दिन अघि फर्काएर भारतको नौतनवास्थित राजिव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा राखिएको थियो । मृत्यु हुनेमा स्याङजाको हरिनाथ नगरपालिका (२ चिसापानीका ३५ वर्षीय देवबहादुर थापा रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले मृतक थापा भारतको दिल्ली नजिकैको अलिगढ भन्ने स्थानमा रोजगारी गर्ने गरेको र उनी मृगौलाको बिरामी भएपनि पछिल्लो पटक हर्नियाको पनि बिरामी रहेको कुरा जानकारीमा आएको बताए ।

‘उनलाइ सन्चो नभएपछि हिजो भारतको महाराजगंज जिल्लाको सदरमुकामस्थित अस्पतालमा उपचारार्थ लगिएको थियो,’ पन्थले भने, ‘औषधिसहित साँझ क्वारेन्टाइनमा फर्केका थापाको आज बिहान मृत्यु भएको जानकारी आयो ।’ कान्तिपुर दैनिकमा खबर छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top