ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कोरोनाबाट अमेरिकामा ९८ हजार बढिको मृत्यु 

नेपालगाथा २०७७ जेठ ११ गते आइतबार ०८:१८:५९ मा प्रकाशित

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट अमेरिकामा ९८ हजार बढिको मृत्यु भएको छ । कोरोनाबाट सबै भन्दा धेरै प्रभावित भएको अमेरीकामा हाल सम्म मुत्युहुनेको संख्या ९८ हजार ६ सय ८३ पुगेको छ । वल्डोमिटरको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १६ लाख ६६ हजार ८ सय १ जनामा संक्रमण पुष्टि भएको छ । 

यसै गरी रुसमा ३ लाख ३५ हजार ३ सय ८२ जनामा संक्रमण भएको छ भने ३ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ । ब्राजिलमा ३ लाख ४७ हजार ३ सय ९८ जना संक्रमित छन् भने २२ हजार ४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बेलायतमा २ लाख ८२ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि हुँदा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३६ हजार ६ सय ७५ छ ।

तथ्याङ्क अनुसार विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५३ लाख ९७ हजारभन्दा बढी पुगेको छ । भने ३ लाख ४३ हजार ६ सय आठ जनाको ज्यान गएको छ । 
एजेन्सी 

प्रतिक्रिया

सम्बन्धित खवर

Top