ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

एकै दिनमा सवा लाखको कोरोना परिक्षण

नेपालगाथा २०७७ जेठ १० गते शनिबार १८:३३:३२ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस तिव्र गतिमा फैलिरहेको भारतमा एकै दिन सवा लाखको कोरोना भाइरस परिक्षण गरिएको छ । पछिल्लो २४ घण्टाको अवधिमा मात्रै झण्डै सवा लाख मानिसको कोरोना परिक्षण गरिएको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार एकै दिनमा कुल एक लाख १५ हजार ३६४ जनाको परिक्षण गरिएको हो ।

भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले अहिले सम्म देशभरी कुल २८ लाख ३४ हजार ७ सय ९८ जनाको परिक्षण गरिएको जनाएको छ । परिषद्का अनुसार शनिबार नै सबैभन्दा धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । परिषद्का अधिकारीहरुले एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै छ हजार ६ सय ५४ जनामा शनिबार कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि गरिएको जनाएका छन् । यो पछिल्लो तथ्यांकसँगै भारतमा मात्रै कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरुको कुल संख्या एक लाख २५ हजार १ सय १ पुगेको छ । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरसका कारण १३७ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले यो सँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या तीन हजार ७ सय २० पुगेको पनि जानकारी दिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top