ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

कतारमा झण्डै ७ हजार नेपालीमा कोरोना 

नेपालगाथा २०७७ जेठ १० गते शनिबार १८:२३:३७ मा प्रकाशित

काठमाडौँ । नेपाली हरु ठूलो संख्यामा कामदार रहेको देश कतारमा झण्डै ७ हजार नेपालीमा कोरोना संक्रमण देखिएको छ । तथ्याङ्क अनुसार ६ हजार ९ सय ११ जना पुगेको छ । भने एक जनाको मृत्यु भएको छ । कतारको जनस्वास्थ्य मन्त्रालयको मे १९ सम्मको रिपोर्ट अनुसार संक्रमित ३५ हजार ६ सय ३१ जना मध्ये नेपाली समुदाय दोश्रो नम्बरमा छ । कतारमा सबै भन्दा बढी भारतीय कामदार ११ हजार १८ जना संक्रमित भएका छन् भने देस्रोमा नेपाली र तेश्रोमा बंगलादेशी ५ हजार ५ सय ८९, चौथोमा पाकिस्तानी २ हजार ३ सय १०, पाँचौंमा फिलिपिनो एक हजार ५ सय ३६ र छैँटौं कतारी १५ सय ३६ जना रहेका छन् । बाँकी अन्य देशका नागरिक रहेका छन् ।

कुल संक्रमितमा पुरुष ३१ हजार ९ सय ७७ जना र महिला तीन हजार ६ सय ५४ जना रहेका छन् । संक्रमित मध्ये सबैभन्दा बढी १९ देखि ४० वर्ष उमेर समूहका छन् । संक्रमितमध्ये ४३ प्रतिशत न्यून तलबमा काम गर्ने कामदार छन् । जहाँ नेपालीको बाहुल्यता बढी छ । १३ प्रतिशत गैरकामदार, १२ प्रतिशत प्रशासनिक कर्मचारी, १२ प्रतिशत विद्यार्थी, ६÷६ प्रतिशत सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, उच्च तहको कर्मचारी र ३ प्रतिशत विमानस्थलका कर्मचारी रहेका छन् ।

कतारले मैजर हेल्थ सेन्टर, रुवाडत अल खलिल हेल्थ सेन्टर, उमसलाल हेल्थ सेन्टर र अल गरफा हेल्थ सेन्टरबाट कोरोना परीक्षण भइरहेको जनाएको छ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले उपचारमा कुनै विभेद नरहेको बताए । ‘कतारले हार्दिकताका साथ सबै बिरामीलाई आफ्ना नागरिकसरह उपचार गरिरहेको छ । उपचारमा भेदभाव छैन भन्नेमा दूतावास विश्वस्त छ,’ उनले भने । कतारको जनस्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बिहानसम्म ४० हजार ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ । भने १९ जनाको मृत्यु र ७ हजार ८ सय ९३ जना निको भएर घर फर्कीएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top